एभर्टनसँग लिभरपुल स्तब्ध



काठमाडौँ । इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधवारको खेलमा स्तब्ध भएको छ। एभर्टनले लिभरपुललाई २-० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अङ्कसहित १६औँ स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ ।

एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक हराउन सफल भएको हो । गुडसन पार्कमा भएको खेलमा जरार्ड ब्रान्टह्वाइटले २७ औँ मिनेटमा पहिलो गोल गरे । डोमिनिक क्लेभर्ट–लेविनले ५८ औँ मिनेटमा गोल गरेका हुन् ।

अर्को खेलमा पूनरागमन जित निकालेको म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ४-२ ले पराजित गर्‍यो । युनाइटेड दुई पल्ट पछाडि रहेर खेलमा फर्केन सफल भएको हो ।

बर्नमाउथले उल्भ्सलाई १-० र क्रिस्टल प्यालेसले न्युकासल युनाइटेडलाई ४-२ ले हराएको छ । ३४ खेलपछि दोस्रो स्थानको लिभरपुलको ७४ अङ्क छ। समान खेलमा ७७ अङ्क आर्सनल शीर्षस्थानमा छ। दुई खेल कम खेलेको म्यानचेस्टर सिटीको ७३ अङ्क छ। छैटौं स्थानमा रहेको युनाइटेडको ५३ अङ्क छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्