गुजराजविरुद्ध दिल्लीको रोमाञ्चक जित



काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमाञ्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए ।

डेभिडले २३ बलमा ६ चौका र ३ चौकामा ५५ रन जोडे । ओपनर ऋदिमन शाहले ३९, साइ किशोरेले १३ र रसिद खानले नटआउट २१ रन बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्क छुन सकेनन् ।

दिल्लीका रसिक सलमानले ३, कुलदिप यादवले २ तथा एनरिच नोर्टजे, मुकेशकुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए । त्यसअघि टस हारेर ब्याटिङको आमन्त्रण पाएको दिल्लीका कप्तान ऋषभ पन्त र अक्षर पटेलको अर्धशतकसँगै २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।

४३ बल खलेका ऋषभले ८ छक्का र ५ चौकाको मद्दतमा नटआउट ८८ रन बने । उनलाई ट्रिस्टन स्टुब्सले नटआउट २६ रन जोडे । अक्षरले ४३ बलमा ५ चौका र ४ चौकाको मद्दतमा ६६ रन बनाए । ओपनर पृथ्वी शाहले ११ र अर्का ओपन ज्याक फ्रासरले २३ रन जोडे ।

गुजरातका सन्दीप वारियरले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट र नुर अहमदले १ विकेट लिए । समान ९ खेलमा ८ अङ्क जोडेका दिल्ली छैटौँ र गुजरात सातौँ स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १४ अङ्क छ । आइपिएलमा बिहीबार सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरुबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्