महालक्ष्मी विकास बैँकको नयाँ शाखा टंगालमा



काठमाडौं : महालक्ष्मी विकास बैंक लि. ले काठमाडौँ महानगरपालिकाको वडा नं ४ स्थित भाटभटेनी, टंगालमा शाखा विस्तार गरेको छ। उक्त शाखा सञ्चालनमा आएसँगै बैंकको कुल शाखा संख्या ९६ पुगेको छ।

बैंकले शाखा स्थापना गरिएका क्षेत्रहरूमा ग्राहक हितलाई मध्यनजर गर्दै बचत परिचालन योजना कार्यन्वयनअन्तर्गत उत्पादन मूलक क्षेत्रमा लगानी गरी देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता पनि जनाएको छ।

    

 

प्रतिक्रिया दिनुहोस्