सुनको भाउमा नयाँ रेकर्ड



काठमाडौँ । सुनको भाउमा फेरि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा मङ्गलवार मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यसअघि गत शुक्रवार सुनको भाउले १ लाख ३९ हजारको उच्चतम मूल्य रेकर्ड बनाएकोमा सो रेकर्ड आज फेरि तोडिएको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७५० कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्