images

नक्सलाइट गुरिल्ला थिए मिथुन चक्रवर्ती

द नेपालटप | प्रकाशित: २०७६-३-३ गते
नक्सलाइट गुरिल्ला थिए मिथुन चक्रवर्ती

एजेन्सीः सन् १९८० देखि भारतीय सिनेमामा राज गर्दै आएका डिस्को डान्सर भनेर चिनिने मिथुन चक्रवर्ती चलचित्रमा आउनुपूर्व नक्सलाइट (हालको भारतीय माओवादी) का गुरिल्ला थिए ।

उनको एकमात्र भाइको करेन्ट लागेर मृत्यु भएपछि सरकारी दमन झेलिरहेका मिथुनले नक्सलाइट आन्दोलन छोडे । हिंसात्मक आन्दोलनमा संलग्न भएपनि बलिउड क्षेत्रमा सफलता हासिल गर्ने उनी सम्भवतः एक मात्र अभिनेता हुन् ।

कोलकाताको चर्चित स्कटिस चर्च कलेजबाट केमेस्ट्रीमा स्नातक गरेका मिथुनले सन् १९७६ मा बंगाली मूलका मृणाल सेनद्वारा निर्देशित चलचित्र मृगयाबाट फिल्मी दुनियाँमा पाइला टेकेका थिए । मिथुनले मृगयादेखि ओएमजीसम्मका प्रत्येक फिल्ममा आफ्नो एक छाप छोड्न सफल भएका छन् । बलिउड पुग्नुअघि मिथुनले पुणे फिल्म संस्थानबाट अभिनयको अध्ययन पनि गरेका थिए ।

अभिनय र नृत्यमा पोख्त मिथुन मार्सल आर्टस्का ब्ल्याकबेल्टधारी हुन् ।फिल्मी क्षेत्रमा निकै सफल रहेका मिथुनको व्यक्तिगत जीवन भने असफल रह्यो । सन् १९९० मा मोडल हेलेना ल्युकसँग विवाह बन्धनमा बाँधिएका उनीहरुको निकै छोटो समयमा नै सम्बन्धबिच्छेद भयो ।

त्यसलगत्तै उनले भारतीय अभिनेत्री योगिता बालीसँग विवाह गरे । योगितासँग सम्बन्ध रहिरहेकै बेला सन् १९८० ताका उनले अर्की चर्चित नायिका श्रीदेवीसँग गुपचुप रुपमा विवाह गरेका थिए । उनका एक फ्यनले उनीहरुको विवाहको सर्टिफिकेट लिक गरिदिएपछि मिथुनले उनीसँगको सम्बन्ध स्विकार गरेका थिए ।

मिथुनले योगितासँग लामो समयसम्म पनि सम्बन्धविच्छेद नगरेका कारण श्रीदेवीले उनलाई छोडिन् । योगिता बालीबाट उनका तीन छोरा, मिमो, रिमो, नमासी र एक छोरी दिशानी छन् । उनकाे अभिनयसँगै राजनीतिमा पनि संलग्नता छ ।  

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

दीपिकाको ठाउँमा क्याटरीनाको इन्ट्री

दीपिकाको ठाउँमा क्याटरीनाको इन्ट्री

काठमाडाैं : सन् १९८२ मा रिलिज भएको अमिताभ बच्चन र हेमा मालिनी स्टारर फिल्म ‘सत्ते पे सत्ता’ को रिम..

४२ वर्षमा नायिका पूजाले गरिन् गोप्य विवाह (तस्विरसहित)

४२ वर्षमा नायिका पूजाले गरिन् गोप्य विवाह (तस्विरसहित)

काठमाडाैं : बलिउड अभिनेत्री पूजा बत्राले नवाब शाहलाई डेट गरिरहेको खबर हालै सार्वजनिक भएको थियो। नवाब शाह सलमान खानक..

ट्रोलको शिकारमा एशियाकी सेक्सी सुन्दरी निया शर्मा (फोटोफिचर)

ट्रोलको शिकारमा एशियाकी सेक्सी सुन्दरी निया शर्मा (फोटोफिचर)

काठमाडाैं : एशियाकी सेक्सी सुपरस्टार्सको लिस्टमा पर्न सफल निया शर्मा फेरि एक पटक ट्रोलको शिकार भएकी छन्। उनको..

सन्नी र करीनाको छोराको अनुहार मिलेपछि...

सन्नी र करीनाको छोराको अनुहार मिलेपछि...

काठमाडाैं : बलिउड अभिनेत्री करीना कपूर खानको छोरा तैमूर र सनी लियोनीको छोरा नोआ अहिले निकै चर्चामा आएका छन्। दुई जन..

एक फोटो जसले प्रियंकालाई दियो 'पाखण्डी'को संज्ञा

एक फोटो जसले प्रियंकालाई दियो 'पाखण्डी'को संज्ञा

बलिउड अभिनेत्री प्रियंका चोपडाले केहि दिन अगाडि आफ्नो ३७औं जन्मदिन मनाइन् । उनले आफ्नो जन्मदिन परिवार तथा साथी..

सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै नितिभाकाे बिकिनी अवतार

सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै नितिभाकाे बिकिनी अवतार

काठमाडाैं : सलमान खानको विवादित भारतीय रियालिटी शो ‘बिग बोस’को १० औं श्रृङ्खलाबाट बाहिरिएपछि..