सिन्दूर जात्राका केही तस्बिरहरू



काठमाडौँ । मध्यपुरथिमी क्षेत्रमा हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले हर्षोल्लासका साथ सिन्दूर खेलेर जात्रा मनाएका हुन् ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दूरे जात्रा  मनाउने प्रचलन रहेको छ । जात्रामा विभिन्न परम्परागत बाजा बजाउँदै देवताका मूर्तिसहितको खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दलेर रमाइलो गर्ने भएकाले यसलाई सिन्दूर जात्रा भनिएको हो ।

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर एवम् फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । सिन्दूर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठुलो जात्रा हो । जात्रामा ठिमी क्षेत्रबाट २३ तथा नगदेश, बोडे र टिगनीबाट ९ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने परम्परा रहेकामा आर्थिक कारण एवं अन्य समस्या देखाउँदै १९ खटसहित जात्रा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्