देशको कथा समेटिएको गीत ‘भ्रष्टाचारी’ बजारमा



भ्रष्टाचारी

काठमाडौँ । नेपाली सङ्गीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको देश प्रेमको गीत भ्रष्टाचारी बजारमा आएको छ । देशको हालको अवस्था, भ्रष्टाचारले देश आक्रान्त बनेको, युवा बेरोजगार बढेको, नेपालीहरूमा अहिलेको रहन सहनले पारेको असर लगायतका विषय समेटिएको गीत भ्रष्टाचारी बजारमा आएको हो ।

अर्जुन पाण्डे र दिपा न्यौपानेको शब्द सृजनामा बनेको गीतमा लोक जि मिजारले सङ्गीत भरेका छन् । गीतमा लक्ष्मी पराजुली, राम श्रेष्ठ, लोक जि मिजार र सनम श्रीपालीको आवाज रहेको छ । गीतलाई दर्पण टिभी नेपाल नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । पाल्पा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको भिडियो उत्कृष्ट बनेको र नेपाली कथा बस्तु समेटिएको गीतका प्रस्तुतिकर्ता विमल भट्टराईले बताएका छन् । भट्टराईले टिभी सिरियलहरू भावीको लेखान्त, जोइटिङ्ग्रे, गरिबको जीवन, आधा सिन्दूर र ताई न तुइँ,  सर्ट फिल्म सामाजिक दुरी, गरिबको जीवन, विभिन्न म्युजिक भिडियो यस्तै लगायत धेरैमा काम गरी सकेका छन् भने उनी शिखा मिडिया प्रा लिई अर्थात् दर्पण पोस्ट डट कम को अध्यक्ष पनि रहेका छन् ।

भिडियोमा विमल भट्टराई, अर्जुन पाण्डे, दिपा न्यौपाने, सारिका दर्लामी  लगाएका कलाकारको अभिनय रहेको छ । सन्तोष बस्यालको छायाङ्कन, सम्पादन र निर्देशन रहेको भिडियोका कोरियोग्राफर सुमन थापा हुन । गितले नेपालको अवस्थालाई नजिकबाट प्रस्तुत गरेको जानकारी दिँदै प्रस्तुतिकर्ता भट्टराईले नेपाली जनतालाई सचेतना फैलाउन यस प्रकारका गीत सङ्गीत फेरी पनि ल्याउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्