सिद्धबाबा सडकखण्डमा पहिरो, पहिरोसँगै बगेका मोटरसाइकल चालकको मृत्यु



बुटवल : सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडकखण्डमा पहिरोमा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ। पहिरोमा परेर मोटरसाइकलमा सवार पाल्पाको मित्याल गाउँपालिका ९ का ३२ वर्षीय धनवहादुर सुनारी मगरको मृत्यु भएको छ।

पाल्पाको तिनाउ गाउँपालिकास्थित हेडबक्स नजिकै यात्रा गर्दैगर्दा पहिरो खसेको थियो। उनी मोटरसाइकलमा बुटवलबाट पाल्पा जाँदै गरेका थिए। पहिरोका कारण बुटवल–पाल्पा खण्ड अवरुद्ध छ ।

 

प्रतिक्रिया दिनुहोस्