images

यौन इच्छा बढाउन के के खाने ?

एजेन्सी | प्रकाशित: २०७६-३-३० गते
यौन इच्छा बढाउन के के खाने ?

काठमाडाैं : यौन मानिसका लागि एक आधारभूत आवश्यकता जस्तै हो। मानिसलाई खुसी बनाउन पनि यौन सन्तुष्टि आवश्यकता पर्दछ। निश्चित अवस्थामा महिला र पुरुष दुवैलाई यौनइच्छा हुनु स्वभाविक र यो प्राकृतिक पनि हो। तर, धेरै अवस्थामा यौनइच्छा नहुन पनि सक्छ।

यौनइच्छा कै कारण धेरैको पारिवारिक सम्बन्ध पनि बिग्रेका घटनाहरु सार्वजनिक हुने गरेका छन्। नेपाल पुरुषप्रधान देश भएकाले पनि पुरुषका इच्छा चाँडो पूरा हुने र महिलाको इच्छा गौण अवस्थामा रहन्छन्। यही गौण अवस्थाका कारण महिलामा यौनइच्छा कम हुँदै जाने समस्या बढ्दो रहेको चिकित्सकहरुले बताउँछन्।

यौन जिज्ञासा समाधान गर्ने चिकित्सकसँग धेरै पुरुषले आफ्नो श्रीमतीको यौनइच्छा नहुने गरेको गुनासो गर्ने गरेका छन्। यस्तो अवस्थामा उपचार के हुनसक्छ महिला र पुरुष दुवैलाई थाहा हुनु आवश्यक छ। यौनइच्छा बढाउन केही खानेकुरा नियमित सेवान गरे पुग्ने चिकित्सकहरु बताउँछन्। ति खानेकुराबाट पाउने पोषक तत्वले यौनइच्छा बढ्ने चिकित्सकहरुको भनाई छ।

भिटामिन डी :- भिटामिन डी मानिसको शरीरका लागि आवश्यक तत्व हो। यसको कमीले शरीरका हड्डी कमजोर हुनुका साथै महिलामा युटीआईमा पनि समस्या हुने गर्दछ। यो समस्याले महिलाको तल्लो पेट दुख्न सक्छ। त्यसैले यौनइच्छा बढाउन र सुखमय यौनजीवन बनाउनका लागि शरीरलाई चाहिने भिटामिन डी को सेवन गर्नु आवश्यक छ।

भिटामिन सी :- भिटामिन सीले मानिसमा हुने तनाव कम गर्न मद्दत गर्दछ। जसका कारण मानिसको स्वास्थ्य तथा यौनसम्बन्धका लागि पनि उपयुक्त हुन्छ। त्यसैले पनि बिहान उठेपछि मनतातो पानीमा राखेर कागती पानी पिउने, नियमित अमला खाने बानी गर्नु राम्रो हुन्छ।

फाइबर :- फाइबरजन्य खानेकुराबाट शरीरमा एस्ट्रोजन श्राव रोक्न मद्दत गर्दछ। जसका कारण महिनावारीको समयमा हुने पीडा कम हुन्छ। यसले महिलामा हुने पिसावसँग सम्बन्धित समस्या समाधान हुनुका साथै यौनइच्छा बढाउन पनि मद्दत गर्दछ।

म्याग्नेसियम :- यो तत्वले शरीरको मासुलाई दह्रो बनाउने काम गदर्छ। जसका कारण मानिसको दैनिकी सहज बन्छ भने, यौनसम्पर्क गर्न मन नलाग्ने समस्या पनि हट्छ। त्यसका लागि प्रत्येक दिन ३२० मिलिग्राम म्याग्नेसियमयुक्त खाना खानु उपयुक्त हुन्छ।

यसरी तपाईंले आफ्नो गुमेको यौनइच्छा फर्काउन सक्नुहुनेछ भने जीवन सुखमय हुन्छ।

images
images
images
सम्बन्धित समाचार

तामा खानु स्वास्थ्यका लागि फाइदै–फाइदा

तामा खानु स्वास्थ्यका लागि फाइदै–फाइदा

एजेन्सी : बाँसको तामाका विषयमा सवैले जानेको र बुझेकै हुनुपर्छ। आलु–तामाको स्वाद प्राय सवैलाई मनपर्छ होला..

केटीले तपाईंलाई मन पराएको कसरी थाहा पाउने ? यस्ताे छ उपाय

केटीले तपाईंलाई मन पराएको कसरी थाहा पाउने ? यस्ताे छ उपाय

एजेन्सी : केटीलाई घुरेर हेर्ने मात्र होइन, आँखा झिम्क्याउन, जिब्रो पड्काउनसम्म पछि पर्दैनन्। उस्तैले त ‘आई लभ..

प्याज खाँदा मात्र होइन, शरीरका अंगमा दल्दा पनि फाइदा गर्छ

प्याज खाँदा मात्र होइन, शरीरका अंगमा दल्दा पनि फाइदा गर्छ

एजेन्सी : तरकारीमा प्याज नहुँदा स्वाद आउँदैन। प्याजले खानालाई स्वादिलो बनाउनुका साथै स्वास्थ्य पनि राम्रो बनाउ..

राज्यबाटै स्वास्थ्य क्षेत्र उपेक्षित, १९ हजार डाक्टर र ६७ हजार नर्स अभाव

राज्यबाटै स्वास्थ्य क्षेत्र उपेक्षित, १९ हजार डाक्टर र ६७ हजार नर्स अभाव

काठमाडौं : देश विकासका लागि नागरिक स्वस्थ हुनुपर्छ । भनिन्छ, स्वस्थ जीवन नै स्वस्थ मस्तिष्कको उपज हो । यस्तो महत्त्..

काठमाडौंमा डेंगु फैलियो, कस्तो लामखुट्टेले टोक्दा लाग्छ यो रोग ?

काठमाडौंमा डेंगु फैलियो, कस्तो लामखुट्टेले टोक्दा लाग्छ यो रोग ?

काठमाडौं : साउन अन्तिम साता काठमाडौँ उपत्यकामा देखिएको डेंगु संक्रमण बढ्ने क्रममा रहेको राष्ट्रिय इपिडिमियोलोज..

नेपालमा औँलो रोगको प्रकोप, एक वर्षमा ५ प्रतिशतले वृद्धि

नेपालमा औँलो रोगको प्रकोप, एक वर्षमा ५ प्रतिशतले वृद्धि

वीरगञ्ज : नेपालमा औँलो रोगका विरामी १ हजार १ सय ८७ जना रहेका छन् । बिहीबार युएसएआईटी तथा चिल्ट्रेन सेभको सहयोगमा स्..