कुनै मोडलभन्दा कम छैनन् तेरिया मगर



काठमाडौं : भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’ तेस्रो सिजनको उपाधि जितेकी तेरियाको चर्चा अझै उस्तै छ। उपाधि जितेसँगै उनको व्यस्तता निकै बढेको छ। देश तथा विदेशका विभिन्न ठाउँहरुमा आफ्नो प्रस्तुति देखाउँदै आएकी छिन्।

मोडल भन्दा कम नदेखिने उनी अहिले निकै सुन्दर बनेकी छिन्। डान्स इण्डिया डान्सको उपाधि जित्दा मात्र १४ वर्षकी तेरिया मगर अहिले १८ बर्ष पुगिसकेकी छिन्।

निकै चर्चित बनेकी तेरियाले सानै उमेरमा डान्स शो जितेपछि भारत तथा नेपालका विभिन्न ठूला कार्यक्रममा सहभागी भैसकेकी छिन। कुशल नृत्य र आधुनिक डान्स गर्ने प्रतिभाकै कारण तेरियाले लाखौं दर्शकको मन जित्न सफल भएकी छिन्। उनी सामाजिक सञ्जालमा पनि सक्रिय रहँदै आएकी छिन्।

उनले सामाजिक सञ्जालमा पोस्ट गरेका केही तस्वीर यस्ता छन् :-

प्रतिक्रिया दिनुहोस्