कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु



कैलाली: कैलालीको घोडाघोडी नगरपालिका १ सुख्खडस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्  । से७प १३४७ नम्बरको मोटरसाइकल बिहीबार बिहान दुर्घटना हुँदा सोही नगरपालिका ४ का २६ वर्षीय अशोक चौधरीको मृत्यु भएको हो ।

गम्भीर घाइते चौधरीको उपचारकाक्रममा घोडाघोडी अस्पताल सुख्खडमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका घोडाघोडी नगरपालिका ४ कै ३० वर्षीय प्रेम चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्