कलेजोमा हुने रोगदेखि पाइल्ससम्म ठीक पार्छ करेलाले



काठमाडाैं : करेलाको स्वाद तितो भएपनि यो स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ। करेलामा बढी मात्रामा औषधीय गुण पाइने हुनाले यसले अनेक रोगसँग लड्न सहयोग गर्छ। करेला सजिलैसँग पच्ने तरकारी हो। करेलामा फोस्फोरसको मात्रा अधिक हुन्छ र यसले कफको समस्या हटाउँछ।

करेलामा प्रोंटिन, क्याल्स्यिम, कार्बोहाइड्रेट, फोस्फोरस र भिटामिनको मात्रा अत्यधिक हुन्छ। कफको समस्या भएका मानिसले करेलाको सेवन गर्नु लाभदायक हुन्छ। करेलामा फोस्फोरस पाइने भएकाले यसले कफको समस्या कम गर्छ। दमको रोगीले बिना मसला हालेको करेलाको तरकारी सेवन गरेमा राहत हुन्छ।

कलेजोसम्बन्धी विरामीका लागि करेला निकै लाभदायी मानिन्छ। करेलाले रगतलाई शुद्ध बनाउने काम गर्ने चिकित्सकहरु बताउँछन्। यसको प्रयोगले शरीरमा हेमोग्लोबिनको मात्रालाई बढाउँछ।पाइल्सको समस्या भएका व्यक्तिले करेलाको रसमा शख्खर मिसाएर १ महिनासम्म सेवन गर्ने गरेमा पाइल्स निको हुन्छ।

प्रतिक्रिया दिनुहोस्