पत्रकारिता जगत नयाँ ढंगबाट चल्नुपर्छ : मुख्यमन्त्री राई



उदयपुर : प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले नेपालको पत्रकारिता जगत मुलुकको परिवर्तित सन्दर्भमा नयाँ सोचका साथ चल्नुपर्ने बताएकाछन्।

उदयपुरमा बिहीबार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश–१ को पहिलो प्रदेश पत्रकार भेलामा उनले पत्रकार जगतले देश विकासको लागि परिवर्तित सन्दर्भमा नयाँ सोच र नविन कार्यका साथ अघि बढ्नुपर्ने बताएका हुन्।

मुख्य मन्त्री राईले भने,‘सकारात्मक सोचसँगै सकारात्मक समाचार लेखनसाथ अगाडि बढ्न सकेमा तीनै तहका सरकार र राजनीतिक दलकोलागि पनि पत्रकार प्रेरणाको स्रोत हुनेछन्।’

प्रदेशसभा सदस्य नारायण वुर्जा, सन्जाकुमारी दनुवार, फोनिजका केन्द्रीय अध्यक्ष दण्ड गुरुङ, नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष विक्रम लुइँटेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीलेसमेत कार्यक्रममा पत्रकारिता क्षेत्रको विकासका विषयमा बोलेका थिए। भेलाले प्रदेश–१ को नयाँ कार्य समितिसमेत चयन गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्