होटलको चौथो तलाबाट हामफालेर आत्महत्या



काठमाडौं : काठमाडौंको एक होटलको चौथो तलाबाट हाम फालेर महिलाले आत्महत्या गरेकी छिन्।

राजधानीको सुन्धारामा रहेको नागराज होटलको चौथो तलाबाट हाम फालेर तनहुँ स्थायी घर भएकी ३८ वर्षीया दिलमाया गुरुङले आत्महत्या गरेकी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बताए।

केही दिनदेखि सासु ससुरासँग उक्त होटलमा बस्दै आएकी गुरुङले शनिबार विहान करिब ८ बजेतिर होटलबाट हामफालेकि थिइन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्