राति प्रहरीलाई ‘ब्लफकल’



डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरीलाई १०० नम्बरमा ब्लफकल आएर हैरान बनाएको छ ।

रातिको समयमा अत्यावश्यक कामका लागि वा कुनै समीया परेमा फोन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा ब्लफकल आउने गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दैनिक करिब ४० र ५० वटा फोन प्रहरीको १०० नम्बरमा आउने गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार ब्लफकल विशेष गरेर मध्ये रातको समयमा आउने गरेको जानकारी दिए । राति आउने फोनले सुरक्षा प्रदान गर्नसमेत चुनौती थपिएको उनले बताए ।

गैरजिम्मेवारी तवरले भ्रामक सूचना दिने, जिस्काउने, हटलाईन (१००) नम्बर व्यस्त पारी सेवा अवरुद्ध पार्ने जस्ता अमर्यादित तथा गैर कानुनी कार्य गरेमा कानुन बमोजिम कारबाही अगाढी बढाउने प्रहरी नायव उपरीक्षक न्यौपानेले एक सूचना प्रकाशित गरि चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्