खनाल–नेपाल समूह सर्वोच्च अदालतमा
काठमाडौँ । निर्वाचित सांसदमाथि कारबाही गर्न लागिएको भन्दै नेकपा (एमाले)को झलनाथ खनाल–माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतमा निवेदन बुझाएको छ ।खनाल–नेपाल पक्षले सांसदमाथि कारबाही गर्न लागिएको भन्दै सर्वोच्चलाई प्रतिषेधको आदेश जारी गरीपाउँ भन्दै निवेदन दिएको हो ।त्यस्तै, २०७५ जेठ २ गतेअघिकै नेकपा (एमाले) ब्युँताउने सर्वोच्चको २०७७ फागुन २३ गतेको आदेश कार्यान्वयन गरिपाउँ भन्ने पनि निवदेनमा माग