वेस्ट इन्डिजद्वारा नेपालसामु २ सय ५ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको हो । पाहुना टोलीका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रन बनाए ।