कोरोनाका कारण सेनाको एकीकरण मार्ग कार्यक्रम स्थगित



काठमाडौं : नेपाली सेनाले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि अघि सारेको एकीकरण मार्ग कार्यक्रम स्थगित भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण सेनाले कार्यक्रम स्थगित गरेको हो । सरकारले सार्वजनिक सभा, सम्मेलन र कार्यक्रम नगर्न निर्देशन दिएपछि सेनाले कार्यक्रम स्थागित गरेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । उनले कार्यक्रमको अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताए ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका क्रममा हिँडेका बाटो, त्यसवेलाका दरबार, किल्ला तथा गढीलाई एकआपसमा जोडेर राष्ट्रिय एकताको भावना जागृत गर्ने उद्देश्यले मार्ग बनाइएको सेनाले जनाएको थियो ।

कार्यक्रमका लागि सेनाले पाँच महिनाभन्दा अघिबाट तयारी थालेको थियो ।

यो कार्यक्रमसँगै आगामी चैत १६ र १७ गते पोखरा र तनहुँमा हुने भनिएको भूतपूर्व सैनिक सम्मेलन पनि रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्