खुल्ला मदिरा सेवनले ६ जनाको ज्यान गयो



धनुषा : खुल्ला मदिरा सेवन गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयाका ५ जना र औरही गाउँपालिका २ परवाहा टोलका एक जना गरी ६ जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका अनुसार खुल्ला मदिरा सेवनले मृत्यु हुनेहरुमा रमदैयाका ३२ वर्षिय राजु महरा, ३० वर्षिय रामनारायण महरा, ३६ वर्षिय गुदरी महरा, ४२ वर्षिय बिलास मण्डल, ३५ वर्षिय ब्रम्हदेव यादव र परवाहाका ३५ वर्षिय गिरिजानन्द झा रहेका छन् ।

उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा परवाहाका गिरिजानन्द झाको मदिरा सेवन वा अन्य कारणले मृत्यु भएको भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । मदिरा सेवन गरेका रमदैयाका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्