कोरोनाविरुद्ध रणनीति अवलम्बन गर्ने भारतीय प्रस्तावको स्वागत



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन आफ्नो नेतृत्वको सरकार सार्क सदस्य राष्ट्रका नेतृत्वसँग निकट सम्पर्कमा रहेर काम गर्न तत्पर रहेको बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ को संक्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याए । ट्विटको स्वागत गर्दै उनले प्रस्तावको स्वागत गरे ।

मिर्गौला प्रत्यारोपण गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्यलाभ गरिरहेका उनले सार्क देशका नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित राख्न भारतीय प्रधानमन्त्रीले सार्क राष्ट्रका नेतृृत्वबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट छलफल गर्न सकिने भनेर गरेको प्रस्तावको पनि स्वागत गरे ।

उनले त्यसका निम्ति आफ्नो सरकार तयार रहेको बताए । भारतीय प्रधानमन्त्रीको प्रस्तावको पाकिस्तान र अफिगानिस्तानबाहेक सार्कका सबै सदस्य राष्ट्रहरुले स्वागत गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्