५२ प्रहरी जवान ट्राफिक प्रहरी हवल्दारमा पदोन्नति



काठमाडौं : नेपाल प्रहरीका ५२ जना प्रहरी जवान ट्राफिक प्रहरी हवल्दार पदमा बढ्वा भएका छन् ।
हिजो शुक्रबार बढुवा भएका ५२ जना प्रहरी जवानलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुअ एसएसपी भीमप्रसाद ढकालले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

एसएसपी ढकालका अनुसार प्रहरी जवानहरुलाई ज्येष्ठता, कार्यक्षमता, व्यावसायिकता, अनुशासन र इमानदारको मूल्यांकन गर्दै पदोन्नति गरिएको जानकारी दिए । एसएसपी ढकालले पदोन्नति भएका प्रहरी हवल्दारहरूलाई शुभकामना दिँदै पदोन्नति वृत्ति विकासको महत्वपूर्ण पाटोका रूपमा रहेको बताए ।

उनले अनुशासन तथा इमानदार प्रहरीको गहना भएको भन्दै हवल्दारहरूलाई भविष्यमा नागरिकको सेवा, सुरक्षा र ट्राफिक व्यवस्थापनमा थप जिम्मेवार हुन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्