कोरोनासँग लड्न सेनाको यस्तो छ तयारी



काठमाडौं : नेपाली सेनाले कोरोनाभाइरसबाट नेपालमा हुन सक्ने संक्रमितको उपचारका लागि तयारी शुरु गरेको छ ।

चीनको वुहान प्रान्तबाट शुरु भएको महामारी विश्वव्यापी रुपमा फैलिन थालेपछि नेपालमा पनि कोरोनाबाट संक्रमित हुन सक्ने सम्भावनालाई मध्य नजर गर्दै नेपाली सेनाले उपचारका लागि तयारी शुरु गरेको हो ।

Image may contain: outdoor

हिजो (शनिबार) सेनाले पूर्व तयारी स्वरुप मुख्यालय भद्रकालीस्थित फुटबल मैदानमा अस्थायी टेन्ट बनाएको हो ।

टेन्टमा संक्रमित सैनिक तथा आवश्यक परेमा सर्वसाधारणलाई समेत राखिने छ ।

सरकारबाट कोरानाको उच्च सर्तकता र तयारी गर्न निर्देशन भए अनुरुप नेपाली सेनाले सर्वसाधारणलाई समेत क्वारेनटाईनमा राखेर उपचार गर्ने बताएको छ ।

सेनाले टूँडिखेलमा समेत यस्तै किसिमको उपचार केन्द्र बनाउने तयारी गरिरहेको मुख्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्