अमेरिकाले रद्द गर्यो डिभी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट



काठमाडौं : नेपालमा रहेको अमेरिका राजदूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको प्रकोपका कारण नेपालका लागि सो निर्णय गरिएको हो ।

भोलि (मंगलबार)देखि लागू हुनेगरी अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको हो ।

‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुर्नसञ्चालन गर्नेछौँ । तर, यस बखत भने निश्चित समय तोक्न असमर्थ छौँ । एमआरभी शुल्क जुन मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहनेछ’– दूतावासले भनेको छ ।

अति जरुरी कारणले गर्दा तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्टका लागि निर्देशनको पालना गर्न समेत दूतावासले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्