राष्ट्रपति भण्डारी तीन दिनदेखि अस्वस्थ



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी विगत केही दिनदेखि अस्वस्थ भएकी छन् । उनको घाँटी र नाकमा समस्या देखिएपछि तीन दिनदेखि अस्वस्थ भएकी हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति भण्डारी तीन दिनदेखि बिरामी भएका र उनले कसैसँग भेटघाट गरेकी छैनन् ।

“तीन–चार दिनदेखि उहाँको घाँटी र नाकमा समस्या देखिएको छ । त्यही भएर कसैसँग भेटघाट गर्नु भएको छैन । आन्तरिकरूपमा उहाँको उपचार भइरहेको छ ।” राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

यसैगरी आफ्नो सेवासुविधा र हैसियत बढाउन माग गर्दै चार दिन अघि संघीय राजधानी काठमाडौं आइपुगेका सातै प्रदेशका प्रदेश प्रमुखहरुले पनि राष्ट्रपति भण्डारी भेट्न पाएका छैनन् । आइतबार दिभर दौडधूपमा रहेका उनीहरुलाई राष्ट्रपति कार्यालयले राष्ट्रपति बिरामी रहेको भन्दै भेटको समय दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्