कोरोना रोकथाम र नियत्रणको लागि स्थानीय तहले गर्नुपर्ने २१ काम



काठमाडौं : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणको जोखिम रोकथाम र नियन्त्रणका लागि भइरहेको कामको दैनिक रिपोर्टिङ गर्नुपर्ने भएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोनाको उच्च जेखिममा रहेको भनेसँगै सरकार कोरोनाभाइरसको संक्रमण रोकथाम र नियत्रणको लागि आवश्यक तयरीमा जुटेको हो ।

संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयको स्थानीय तह समवय शाखाले सूचना जारी गरेर कोरोनाभाइरस संक्रमणको जोखिम रोकथाम र नियन्त्रणका लागि भएगरेका कामको दैनिक रिपोर्टिङ गर्न स्थानीय तहहरूलाई अनुरोध गरेको हो ।

त्यसैगरी पूर्वतयारीको लागि स्थानीय तहले गर्नैपर्ने कामको सूची २१ वटा बुँदामा तयार पारेको छ । कोभिड–१९ विरुद्ध गरिएका पूर्वतयारी, सतर्कतासम्बन्धी कामको विवरण र केही समस्यासमेत भएमा प्रत्येक दिन २ बजे मन्त्रालयमा प्रतिवेदन पेश गर्न अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्