अशंवण्डा विवाद : छोराकै संलग्नतामा बुबाआमाको हत्या



कञ्चनपुर : जिल्लाको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको दम्पत्ति हत्या प्रकरणमा छोराको संग्लनता रहेको खुलेको छ ।

गत फागुन १५ गते घर भित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न भएको भन्दै २६ वर्षिय छोरा भरत भण्डारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनले नै बुबा र कान्छी आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका वडा नं.२ जुगेनाबाट हिजो (आइतबार) मात्रै पक्राउ गरिएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार हत्यामा संग्लन उनी फागुन १४ गते लाईसेन्सको परिक्षा दिन महेन्द्रनगर पुगेका थिए भने सोही दिन डडेल्धुरास्थित घर फर्किनका लागि हिडेका थिए । तर कैलालीको गोदावरी पुगेर उनी कलुवापुर फर्किएका थिए ।

सोही राती घर पुगेका भण्डारीसंग धनाको वादविवाद भएको र धारिलो हतियार प्रयोग गरी सुरुमा धनाकै हत्या गरेको प्रहरीले जनाएको छ । धनाको हत्यापछि उनले जयलालको हत्या गरेर सोही राती डडेल्धुरा गएको प्रहरी अनुसनधानबाट खुलेको छ ।

अशंवण्डाको विषयमा लामोसमयदेखि विवाद हुँदै आएको कारण हत्य गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्