२९ वर्ष भन्दा पहिलेको सस्तो मुल्यमा पेट्रोलियम पदार्थ, नेपालमा पाउनै मुस्किल



काठमाडौं : रसिया र साउदी अरेबियाबिचको असमझदारीका कारण अहिले २९ वर्ष भन्दा पहिलेको सस्तो मुल्यमा पेट्रोलियम पदार्थ पुगेको छ ।

कोरोना प्रभावका कारण विश्वका कयौं राष्ट्रका आम नागरिकले सस्तो मुल्यमा पेट्रोलियम पदार्थ एवं ग्यास उपयोग गर्न पाएका छन् भने यसको प्रभावसंगै तेलको मुल्य घटेको छ ।

विश्व बजारमा तेलको मुल्य घटे पनि नेपाली उपभोक्ताले भने पाउन सकेका छैनन् । सस्तो मुल्यमा पाउनुको साटो पहिलेकै मुल्य तिरेर पनि पेट्रोलियम पदार्थ पाउन लाइन बस्नु पर्ने बाध्यकारी अवस्था रहेको छ ।

ग्यासका डिपो देखी कैयौ पेट्रोलियम पम्पहरु वन्द छन् भने खुलेका स्थानमा लाइन बस्नु पर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्