स्कुल बसहरुका लागि नयाँ नियम : ९ बजे स्कुल छिरिसक्नुपर्ने, ३ बजे निस्कनुपर्ने



काठमाडौं : सरकारले स्कुल बसहरुका लागि नयाँ नियम लगाउने भएको छ । उपत्यपकाको ट्राफिक व्यवस्थापन गर्न सरकारले स्कुल बसहरुलाई नयाँ नियम लगाउने तयारी थालेको छ ।

आज (सोमबार)  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गर्न तयारी थालेको हो । बैठकले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्ययोजना अनुसार स्कुल बसहरु बिहान ९ बजे स्कुल भित्र छिरिसक्नुपर्ने र दिउँसो ३ बजे निस्कनुपर्ने निर्णय गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा महाशाखाका सहसचिव कृष्णप्रसाद काप्रीका अनुसार यो नियम नयाा शैक्षिक सत्रबाट लगाउने तयारी भइरहेको छ ।

यो नियम लागू भएसँगै काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा बस भएका विद्यालयहरुको पठनपाठन बिहान ९ बजेदेखि ४ बजेसम्म हुन सक्ने सहसचिव काप्रीले जानकारी दिए ।

त्यसोत यो नियम लागू गर्न मन्त्रालयले ट्राफिक, गृह मन्त्रालय, प्याब्सनलगायतका संख्याका प्रतिनिधिहरुसँग छलफल थालेको छ ।अहिले देशभरका विद्यालयहरुमा १० देखि ४ बजेसम्म पठनपाठन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्