दिल्लीमा जिम र नाइट क्लब बन्द



दिल्ली : नयाँ दिल्लीमा जिम, नाइट क्लब र स्पा बन्द गर्न भारत सरकारले निर्देशन दिएको छ ।

आज (सोमबार)देखि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सामाजिक, धार्मिक र राजनीतिक भेलामा ५० जनाभन्दा धेरै मानिसहरु भेला हुनमा पनि प्रतिबन्ध लगाएका छन् ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री केजरीवाललले आजदेखि जिम, नाइट क्लब र स्पा पनि बन्द गर्न आदेश दिएका हुन् । उनले स्कुल, कलेज, सिनेमा घर र स्विमिंग पुल यसभन्दा अघि नै बन्द गरिसकेको जानकारी दिएका छन् ।

संक्रामक बिमारी एक्ट १८९७ का अनुसार यो प्रतिबन्ध तत्काल लागू भएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न यस्तो निर्देशन गर्नुपरेको केजरीवालले बताए ।

प्रतिक्रिया दिनुहोस्