पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमण



काठमाडौं : पोर्चुगलमा रहेका एक नेपालीलाई कोरोनाको संक्रमण देखिएको छ। पोर्चुगलको फारो सहरमा खेतीपाती गरेर बस्ने एक नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ।

उनलाई कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय प्रशासनले उनीसँग बस्ने अन्य ७४ जना नेपालीलाई पनि क्वारेन्टाइनमा राखेको छ।

दक्षिण युरोपेली मुलुक पोर्चुगलमा अहिलेसम्म करिब ३ सयमा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्पेनसँग सीमा जोडिएको यो मुलुकमा कोरोना त्रासका कारण बजारहरु ठप्प छन्।

प्रतिक्रिया दिनुहोस्