कोरोनाका वहानामा नेपाल–भारतसम्बन्धलाई बदनाम नगरौं : सांसद यादव



काठमाडौं : कोरोनाभाइरस एक प्राकृतिक आपतको रुपमा विश्व सामुने आएको महामारीबाट सबै मिलेर एक साथ लड्न पर्सा क्षेत्र नम्बरका सांसद प्रदीप यादवले अनुरोध गरेका छन् । सांसद यादवले कोरोनाको बहानामा नेपाल–भारतको सम्बन्धलाई बदनाम गराउने काम नगर्न समेत अनुरोध गरेका छन् ।

उनले नेपाल–भारतबीचको सम्बन्ध रोटी बेटीको भएको बताउँदै भारतीय सरकारले अरु देशहरुको बारेमा लागू गरेको निर्णयको बहानामा दुबै देशको सम्बन्धलाई बदनाम गराउने कार्य भइरहेकोमा त्यसप्रति सर्तक रहन तराईवासीलाई अनुरोध गरेका छन् ।

सांसद यादवले पूरा विश्वमै महामारीको रुपमा फैलिएको कारोनाबाट भारत–नेपालका जनतालाई बचाउन र सजगता अपनाउन भारतको केन्द्रिय सरकारले गरेको निर्णयलाई उदृत गर्दै केहि सञ्चारमाध्यहरुले फैलाउन खोजेको अपवाहबाट बच्न अनुरोध गरेका हुन् । नेपाललाई भातरले सबैभन्दा राम्रो मित्र छिमेकी राष्ट्रको रुपमा लिँदै आएको छ । नेपाल–भारतबीचको सदियौ पुरानो बेटीरोटी सम्बन्ध, सांस्कृतिक सम्बन्ध र आर्थिक निर्भतालाई केहि कुत्वहरुले बदनामा गर्ने षड्यन्त्र भएको समेत उनले बताए ।

कारोनाबाट उत्पन्न भएको समस्यालाई प्रायोग गरि पुनः षड्यन्त्र गर्न थालिएकोले सजन रहन सांसद यादवले आग्रह गरेका छन् । उनले कारोनाबाट लड्न सीमाका जनताहरुलाई नेता यादवले अनुरोध गरेका छन् । विश्वमै अनौठो रहेको नेपाल–भारतको सीमाको सम्बन्ध र मित्रलाईलाई स्मरण गर्दै उनले नेपाल–भारतका सीमाका जनता अहिले उत्पन्न भएको कोरोनाबाट सधै झै मिलेर सजगता र सर्तकताका साथ समाधान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्