हिड्दा हिड्दै एक जनाको मृत्यु



कन्चनपुर : महेन्द्रनगर बसपार्क नजिक एक जना व्यक्तिको हिड्दा हिड्दै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बझाङ छान्ना घर घई हाल कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडा नं.२ बस्दै आएका ५७ वर्षिय भजन रावलको मृत्यु भएको हो ।

प्रहरीले भन्यो, ‘मंगलबार मध्यान्न १२ बजेको समयमा बसपार्क पछाडी रहेको बालमन्दीर नजिकैको गल्लीमा उनको मृत्यु भएको हो । प्रत्यक्षदर्शीले उनी हिड्दा हिड्दै एक्कासी लडेका थिए । उनको घटनास्थलमै मृत्यु भयो ।’ मुत्युको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्