नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ कैलालीले पूर्णता पायो



कैलाली : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कैलालीले पूर्णता पाएको छ ।

जिल्ला कमिटी ८१ सदस्यीय बनाइएको छ भने १३ वटै स्थानीय तहका संयोजक तथा सह–संयोजकसमेतले पूर्णता पाएका छन् । युवा संघ नेपालका संयोजक राजेन्द्र बम र सहसंयोजक वसन्त सिंह कार्कीद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार सर्वपक्षीय छलफल र सुझाव बमोजिम जिल्ला कमिटी तथा स्थानीय तहको नेतृत्व चयन गरिएको हो ।

धनगढी उप-महानगरपालिकाको संयोजकमा विष्णु केसी र सहसंयोजक दिनेश बम, गोदावरी नगरपालिकाको संयोजकमा विक्रम विष्ट र सह-संयोजक दुर्गा अधिकारी, गौरीगङ्गा नगरपालिकाको संयोजकमा डेविट कठायत र सह-संयोजक रवीन्द्र मल्ल, टीकापुर नगरपालिकाको संयोजकमा उमेश तुलाचन र सह-संयोजकमा छत्र कार्की, भजनी नगरपालिकाको संयोजकमा सुरेन्द्र जैशी र सह–संयोजकमा भरत चौलागाई तथा चुरे गाउँपालिकाको संयोजकमा राम भाट सहसंयोजकमा प्रकाश सोव चयन भएका छन् ।

घोडाघोडी नगरपालिकाको संयोजकमा होम तामाङ र सह-संयोजक सन्तोष चौधरी, बर्दगोरिया गाउँपालिकको संयोजकमा कमल सुनार र सहसंयोजकमा रामचन्द्र कठरिया, लम्की चुहा नगरपालिकाको संयोजकमा सन्तोष ओली र सह-संयोजकमा केशव शर्मा, जानकी गाउँपालिकाको संयोजकमा प्रेमराज भाट र सह-संयोजकमा सञ्जय चौधरी, कैलारी गाउँपालिकाको संयोजकमा प्रकाश चौधरी र सह-संयोजकमा सञ्जय चौधरी, मोहन्याल गाउँपालिकाको संयोजकमा दिनेश बुढा मगर र सह-संयोजकमा गणेश बमलाई चयन गरिएको राष्ट्रिय युवा संघ नेपाल कैलालीका संयोजक बमले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्