१० लाख थान मास्कसहित एक जना पक्राउ



गोरखा : सानोर्भयाङबाट १० लाख थान मास्कसहित एक जना पक्राउ परेका छन् ।

गोरखाको आरुघाटका युवराज न्यौपानेलाई प्रहरीले सानोर्भयाङबाट पक्राउ गरेको हो । अपराध महाशाखाकाका प्रमुख एसएसपी सहकुल थापाले उनलाई पक्राउ परेको जानकारी दिएका छन् ।

उनले भने, ‘अपराध महाशाखाको टोलीले पक्राउ गरेर एक जनालाई कार्यालय ल्याइँदैछ ।’

प्रतिक्रिया दिनुहोस्