भन्सार छलीका कपडासहित ३ जना पक्राउ



कैलाली : भन्सार छलेर ल्याएका लुगाकपडासहित ३ जनालाई प्रहरीले धनगढीमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ केदारस्यु गाउँपालिका वडा नं.७ का २६ वर्षिय कुशला शाही धामी, जिल्ला दार्चुला मार्मा गाउँपालिका वडा नं.६ का २० वर्षिय चन्द्रदेव जोशी र बझाङको सुर्मा गाउँपालिका वडा नं.४ बस्ने ३९ वर्षिय टोप बहादुर बोहरा रहेका छन् ।

उनीहरुको साथबाट ५८ पिस लेहङगा, ३८ पिस सुटपिस, वच्चाको पाईन्ट र सट ७२ पिस, लेडिज सुरुवाल ३६ पिस गरी १ लाख ३० हजार बराबरको लुगा कपडा बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्