वेष्टर्न विजनेशसंगै १२ वटा कलेज खारेज (सूचनासहित)



काठमाडौं : कैलाली जिल्लाको धनगढीमा सञ्चालित वेष्टर्न विजनेशसंगै १२ वटा कलेज खारेज भएको छ ।

हिजो (मंगलवार) शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले सूचना जारी गर्दै नेपालको नीति र प्रणाली अनुसार वेष्टर्नसहित १२ वटा कलेज खारेज गरेको हो ।

यसअघि ति कलेजलाई तुरुन्तै खारेज गर्न मिल्ने भए पनि न्यायिक दृष्टिकोणले पहिलो पटक प्रक्रिया पूरा गर्न १५ दिनको समय दिएको थियो । तर १५ दिनमा पनि प्रक्रियामा नआएपछि मन्त्रीपरिषदको निर्णय अनुसार कलेज खारेज गरिएको मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

वेष्टर्न ईन्टरनेशनल विजनेस स्कुल विगतदेखि नै विवादमा थियो । कलेजमा कहिले विद्यार्थी त कहिले भाडा नदिएपछि घरवेटीले नै तालाबन्दी गरेका थिए ।

यसअघि अमेरीकन युनिभर्सीटीबाट मान्यता प्राप्त भएको भन्दै पढाई सुरु गरे पनि त्यस्तो नभेटिएपछि स्कुलकै २ जना विद्यार्थीले स्कुल विरुद्ध प्रहरीमा उजुरी दिएका थिए । अहिले पनि केहि विद्यार्थीहरुले वर्षाै पहिलेदेखि स्कुलबाट शैक्षिक प्रमाणपत्रसमेत नपाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्