१० जनाले अनुदान फिर्ता गरे



काठमाडौं : भूकम्पपछि जिल्लामा आवास पुन : निर्माणको क्रम अन्तिम चरणमा पुग्दै गरेको बेला वडाका १० जना भूकम्पपीडित लाभग्राहीले अनुदान फिर्ता गरेका छन् ।

भोटेकोशी गाउँपालिका-३ का भूकम्पपीडितले आवास निर्माण अनुदान पहिलो किस्तावापतको ५० हजार जिल्ला आयोजना कार्यान्वयन एकाइका निमित्त प्रमुख लक्ष्मणकुमार सेठसमक्ष फिर्ता गरेका हुन् ।

उनीहरुले जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ, गाउँपालिका उपाध्यक्ष दावुटी शेर्पा र वडाध्यक्ष कैलाश पौडेलको रोहवरमा मङ्गलबार अनुदान रकम फिर्ता गरेका थिए ।

अनुदान फिर्ता गर्नेमा दुगुनागढीका विस्थापित र सुकुम्बासी सार्की कामी, गोकुल कामी, पूर्णबहादुर विक, विष्णु कामी, काली कमिनी, सानु विक, मनमाया कामी, सोमबहादुर कामी र गोरीमाया कामी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्