प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासनसम्बन्धी प्रतिवेदन पारित



काठमाडौं : राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सातवटै प्रदेशका प्रदेशसभामा प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासनसम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

समितिको आज बसेको बैठकले प्रतिवेदन पारित गरेको समिति सभापति रामनारायण विडारीले जानकारी दिनुभयो । समितिले प्रदेशसभामा प्रत्योजित व्यवस्थान र सरकारी आश्वासन सम्बन्धमा अनुगमन गरी प्रतिवेदन तयार पारेको हो ।

समितिमा पास गरिएको प्रतिवेदनमा बिहीबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने सभापति विडारीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्