गोरखाको ऐतिहासिक गोरखा संग्रहालय बन्द



गोरखा : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको गोरखाको ऐतिहासिक गोरखा संग्रहालय बन्द भएको छ ।

विश्वव्यापी बनेको कोरोनाभाइरसको सन्त्रासका कारण नागरिक उड्डयन मन्त्रालय मातहतको गोरखा संग्रहालय बन्द गरिएको हो ।

सरकारले धेरै मानिसको जमघट हुने सांस्कृतिक तथा मनोरञ्जनामत्क स्थलहरु बन्द गर्ने निर्णय गरेपछि गोरखा संग्रहायले पनि बन्द गर्ने निर्णय गरिएको हो ।

गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीका अनुसार आगामी २०७७ वैशाख १९ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको हो ।

कोरोनाभाइरसको त्रास र सन्त्रासले केहिदिन अघिदेखि संग्रहालय क्षेत्र अवलोकन गर्ने पर्यटक समेत घट्दै गएको उनले बताए ।

सरकारले बुधबारदेखि विद्यालय, क्याम्पस, धार्मिक स्थल, सिनेमा हल, डान्सबार बन्द गराउने र २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सो अनुरुप आज ( बिहीबार) बाट संग्रहालय पूर्ण रुपमा बन्द गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्