प्रचण्डलाई जुत्ता प्रहार गर्ने तिरुवा धरौटीमा रिहा



काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गरेको अभियोगमा पक्राउ परेका रतन तिरुवा रिहा भएका छन् ।

सार्वजनिक कार्यक्रममा उनले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सीडीओ जनकराज दाहालले उनलाई ५ सय धरौटीमा रिहा गर्ने आदेश दिएपछि रिहा भएका हुन् ।

हानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी कौशल कुमार बुढाथोकीका अनुसार उनी धरौटीमा बुधबार रिहा भएका हुन् । गत फाुगन १८ गते काठमाडौंको राष्ट्रियसभामा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा कार्यक्रमै प्रचण्डमाथि उनले जुत्ता प्रहार गरेका थिए ।

तर उनले प्रहार गरेको जुत्ताले प्रचण्डलाई लाग्न पाएको थिएन । उनलाई तत्कालै सुरक्षाकर्मीले पक्राउ गरेर नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्