लोकसेवा आयोगको सबै परीक्षा स्थगित



काठमाडौं : लोकसेवा आयोगले यही शनिबार अर्थात चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ ।

चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एक नारायण अर्यालले जानकारी दिएका छन् ।

उपसचिव अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएक छ ।

प्रतिक्रिया दिनुहोस्