कोरोना भाइरसको संक्रमणबाट हरेक १० मिनेटमा एक जनाको मृत्यु



एजेन्सी : इरानमा कोरोना भाइरसका कारण हरेक १० मिनेटमा एक जनाको मृत्यु भएको छ । इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता क्लानुस जाहनपुरले ट्विटर मार्फत उक्त खुलासा गरेका हुन् ।

इरानी सरकारले विद्यालय र विश्वविध्यालय बन्द गर्ने निर्णय गरिसकेके छ। कोरोना भाइरस फैलन नदिन उसले सामाजिक, साँस्कृतिक र खेलकुदसम्बन्धी कार्यक्रम गर्न रोक लगाइसकेको छ।

इरानमा एक हजार २ सय ८४ जना कोराना भाइरसबाट मृत्यु भइसकेको छ। शुक्रबारसम्म १८ हजार ४ सय ७ जना विरामी पुष्टि भइसकेको छ भने ५ हजार ९ सय ७९ जना उपचारपछि घर फर्किएका छन्। इरानमा फेब्रुअरी २१ मा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्