मोटरसाईकल दुर्घटना, २ जना गम्भिर घाईते



धनगढी : कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा २ जना गम्भिर घाईते भएका छन् ।

गोदावरी नगरपालिकाको गोदावरी हनुमान मन्दिर नजिक से ३ प ३३६५ नं.को मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जना घाईते भएका हुन् ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का श्याम कुवर र अन्य एक गरी २ जना घाईते भएका हुन् । उनीहरुलाई उपचारका लागि सेती अस्पताल पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्