४ सयको कारण बालकको हत्या



रुपन्देही : जिल्लाको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ ।

ओमसतीया-५ धान्सीका १० वर्षिय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

चैत ४ गते बिहान १० बजे विद्यालय गएका बालक घर नफर्किएपछि खोजतलास गर्ने क्रममा ६ गते मात्रै ओमसतीयाको खेतमा शव फेला परेको थियो । बिहान करिब साढे ११ बजे स्थानीयबासीले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

सिक्टहन माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत उनलाई विद्यालयले ४ सय रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरेको थियो । सोही रकम नदिएको रिसमा स्थानीय १५ वर्षिय बालकले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देही जनाएको छ ।

उनले बाबुसँगको मिलेमतोमा आकाशको हत्या गरेको आशंकामा प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

उनले भने, ‘आरोपीले विद्यालयले दिएको रकम आफूलाई दिन ललाइफकाई गर्दा पनि आकाशले नदिएपछि इँटाले हानेर हत्या गरेको स्वीकार गरेका छन्, १५ वर्षको मात्रै भएका कारण नाम सार्वजनिक गरिएको छैन ।’ हत्याको आशंकामा आकाशका परिवारजनले किटानी जाहेरीसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्