देशको पूर्वी र मध्य भेगमा तीन दिन मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना



काठमाडौं: जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ ।

हाल नेपालमा पश्चिमि वायूको आंशिक प्रभावका साथै स्थानिय वायूको समेत प्रभाव देखिएको कारण आजदेखि सोमबारसम्म देशको पूर्वी र मध्य भूभागका १–२ स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम
चैत्र ८ गते (शनिबार)
दिउँसो :
देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानहरूमा र तराईका १–२ स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । देशको पूर्वी र मध्य भूभागका १–२ स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०९ गते (आइतबार)
दिउँसो :
देशको पूर्वी र मध्य भूभाग लगायत पश्चिमकि पहाडि भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य भूभागका थोरै स्थानहरूमा र पश्चिमी १–२ स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पूर्वी र मध्य भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १० गते (सोमबार)
दिउँसो :
देशभर आंशिक बदली रहनेछ । पहाडि भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पश्चिमि भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पश्चिमी भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्