कोरोना त्रास : जनकपुरधाममा ५ दिने महामृत्युन्जय जप



जनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिदैँ गइरहेको कोरोनाभाइरसबाट सबै नागरिकलाई बचाउन जनकपुरधाममा ५ दिने महामृत्युन्जय जप शुरु गरिएको छ ।

जनकपुरधामस्थित राममन्दिरको आयोजनामा कोरानाबाट बच्न र कोराना संक्रमण भएका व्यक्तिहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै ५ दिने महामृत्युन्जय जपको आयोजना गरिएको हो ।

हाम्रो देशपनि यस भाइरसको उच्च जोखिममा रहेकाले यसबाट बच्न महामृत्युन्जय जप आयोजन गरिएको राममन्दिरका महन्थ राम गिरीले बताए । महामृत्युन्जय जपमा सहभागीहरुले भगवान शिवको आराधना गर्दै कोरोना भाइरसबाट सबैलाइ बचाउ,कोरोनाले जीवन र मृत्युबीच संघर्षरत रहेका व्यक्तिहरु तत्काल निको होस,नेपालमा यस्ता महामारिलाई आउनबाट रोक प्रभु लगायतका प्रर्थना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्