श्री एयरलाईन्सले काठमाडौं-धनगढी हवाई भाडा २ हजार घटायो



धनगढी : काठमाडौं-धनगढी हवाई टिकट ह्वात्तै बढेपछि जनस्तरबाट गुनासो आएको भन्दै श्री एयरलाईन्सले हवाई भाडा घटाएको छ ।

यसअघि १२ हजार ५ सय हवाई टिकट निर्धारण गरेको श्रीले आजदेखि अधित्तम भाडा १० हजार तोकेको छ । श्री एयरलाईन्सका धनगढी ईन्चार्ज गजेन्द्र शाहीले भने, ‘जनताको गुनासो बढेको कुरा मैले व्यवस्थापनलाई जानकारी गराए । व्यवस्थापनले यात्रुलाई समस्या छ भने अधित्तम भाडा १० हजारसम्म मात्रै निर्धारण गर्न सहमती जनाएको छ । अब उक्त भाडादर लागु हुनेछ ।’
धनगढी–काठमाडौं भने न्यूनतम ३ हजार ५ सय सम्म भाडा निर्धारण गरिएको छ ।

यद्यपी आज र भोलीका लागि भने टिकट अग्रिम बुकिङ भईसकेको छ । नीजि क्षेत्रका वायुसेवा कम्पनीहरूको संस्था नेपाल वायुसेवा संघको बिहीबार बसेको बैठकले आन्तरिक उडानमा हवाई भाडा घटाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्