गहुँको बोटमा बाँधिएको अवस्थामा शव फेला



बारा :जग्गा व्यवसायी कोल्बी नगरपालिका ११ बेलवा सेर्ही टोलका ४५ वर्षिय बाजिल राय भाटको शव फेला परेको छ ।

कट्टी बजारदेखि बेलवा आउने रेवाही नदीको ५ मिटर तल पुलमुनि शुक्रबार शव बरामद भएको बारा प्रहरीले जनाएको छ । शवसँगै उनको ना ५५ प ४६७८ नं.को मोटरसाइकलसमेत बरामद भएको छ । उनको खल्तीमा २० रुपैयाँ मात्र नगद भेटिएको र शव संकास्पद रहेको प्रहरीको भनाई छ ।

इलाका प्रहरी कार्यालय कोल्बीको टोलीले घटनास्थल शव जाँच प्रकृति मुचुल्का तथा अनुसन्धानमा दुवै हात बाँधिएको अवस्था पाइएको जनाएको छ । सुतरी र गहुँको हरियो छ्वालिले बाँधेको अवस्थामा शव भेटिएको हो । घटनाबारे अनुसन्धान गर्न जटिल भएकोले बारा जिल्ला स्वास्थ्यका फोरेन्सिक ल्याबका प्राविधिक टोलीलाई पनि बोलाइएको प्रहरीले जनाएको छ ।

जिल्ला अस्पताल कलैयामा शव परीक्षण गरिएको छ । घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएकाले अनुसन्धान भइरहेको घटना अनुसन्धानका क्रममा केही माथि सोधपुछ भइरहेको प्रहरीको भनाई छ । जग्गाको कारोबार गर्ने मृतक भैंसी खरिद-बिक्रीको काम पनि गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्