कोरोना संक्रमण रोक्न भारतमा ‘जनता कर्फ्यू’



नयाँदिल्ली : भारत सरकारले कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण रोक्न ‘जनता कफ्यू’ लगाएको छ ।

कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न भारतले आज (आइतबार) ‘जनता कफ्यू’ लागू गरेको हो । आज बिहान ७ बजेदेखि शुरु भएको कफ्यू १४ घण्टासम्म जारी रहने छ ।

भारतीय सञ्चार माध्यम इन्डियन एक्स्प्रेसका अनुसार कफ्र्यूका कारण भारतका ठूला सहरका सडक सुनसान देखिएका छन् । मुम्बई, केरला, कोलकत्तालगायतका सहर सुनसान भएका हुन् ।

त्यसोत भारतमा कोरोना संक्रमण वृद्धि हालसम्मकै उच्च भएको छ । शनिबार मध्यरातीसम्ममा ७९ नयाँ संक्रमित देखिएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ ।

यससँगै भारतमा ३ सय १५ जनामा संक्रमण पुष्टि भएको छ भने ४ जनाले ज्यान गुमाएका छन् । साथै २२ जना निको भएका छन् ।

चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोनाभाइरस१ सय ८६ देशमा फैलिएको छ भने विश्वमा करिब १३ हजारको मृत्यु भएको छ । साथै विश्वभरी तीन लाख बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्