कृषकलाई मास्क वितरण



काठमाडाैं : विश्वमा महामारीका रुपमा देखिएको कोरोना भाइरसको सङ्क्रमणबाट बँच्नका लागि यहाँको एक सहकारीले कृषकलाई मास्क वितरण गरेको छ ।

पोखरा महानगरपालिका–३० मोहोरीयास्थित चक्रदेवी बहुद्देशीय दुग्ध उत्पादन सहकारी संस्थाले आफ्ना पशुपालक कृषक तथा कर्मचारीलाई ११० वटा मास्क निःशुल्क वितरण गरेको हो ।

मास्क वितरण गर्दै संस्थाका व्यवस्थापक इन्द्रप्रसाद तिवारीले कोरोना भाइरसको सम्भाव्य जोखिमबाट बच्नका लागि साबुन पानीले नियमित हात धुनुका साथै हिँडडुल गर्दा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरे ।

उgले नियमित पानी पिउनु, भिडभाडबाट पर बस्न सकेका अवस्थामा कोरोनाबाट बच्न सकिने हुँदा त्यसको पालना गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्